भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मूर्त अमूर्त मृत्यु ४ / सुदीप पाख्रिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


सोचिरहेछु
बान्की परेको
मृत्युको मृत्यु जस्तै शरीर
सुम्सुम्याउन

खोजिरहेछु
मृत्युको मृत्यु जस्तै कालो कपाल
खेलाउन आफ्नै हातले

चाहिरहेछु
मृत्युको मृत्यु जस्तै गुलाफी ओंठ
चुम्न आफ्नै ओंठले

खोंइ
किन हो थाहै भएन ??
जहिले
तरुनी-मृत्यु नजिकबाटै
हुइकिएर जाँदा
भनौं अथवा
तरुनी-मृत्युलाई
आफु सामुन्ने पाउँदा

यति धेरै
कामुक किन हुने गर्छु ??
म सोचिरहेछु !
म चाहिरहेछु !!
म खोजिरहेछु !!!