Last modified on 18 मई 2017, at 20:14

रुँदैछु म गैरी खेतमा / बुद्धवीर लामा

रुँदैछु म गैरी खेतमा तिमी परदेशमा
सपनीमा मात्रै आउँछौ नौलो नौलो भेषमा

आज बिहान डाले कौवा किन करायो
कस्तो खबर आउँछ भनी यो मन डरायो
पीरै पीरले जिन्दगीमा दूख सागर
तिमी बिना छैन मलाई हाँस्ने रहर

फुरफुरायो दाहिने आँखा सोच्न कर लाग्यो
हुलाकीले ल्याको चिठी खोल्न डर लाग्यो
खोलुँ भने सधैंलाई साइनो टुट्ने हो कि
नखोलुँ त कलेजोमा घाउ दुख्ने हो कि

शब्द - वुद्धवीर लामा
स्वर - कुन्ति मोक्तान
संगीत - शीला बहादुर मोक्तान