भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
'{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= विमल गुरुङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>

अझ चिर चम्किलो चक्कुले छाती
मेरुदण्डमा अझ दौडाऊ करेण्ट
अझ बिगारिदेऊ अनुहार फलामको मुक्काले
जल्लादहरु !
हो, हो, म कम्युनिष्ट हुँ ।

हो, मेरो आवाज पर्खाल बाहिर पुग्दैन
केहि छैन
भोको छु
केहि छैन
जेलको फलामको ढोका जोडले हल्लाउँदै
म कराउँछु
हो जेलर ! म कम्युनिष्ट हुँ ।

के गर्छौ ?
यातना, सिर्फ यातना, यत्ति त हो
मृत्यु?
मेरो हत्याले हामीले सल्काइसकेको राँको निभ्दैन
अल्बर्ट ब्राण्ट
हो म कम्युनिष्ट हुँ ।

मेरो हत्याले
चन्द्रमा मुस्कुराउन छाड्दिनन्
तारा चम्कन छाड्दैनन्
सूर्य बल्न छाड्दैनन्
आकाश जति कालो भइरहेको हुन्छ
पानी पर्ने निश्चित भइरहेको हुन्छ
तिमीहरु जति हाम्रो छातीमा बुट बजार्छौ
तिमीहरुको मृत्यु उति नजिक आइरहेको हुन्छ
चन्दनसिंह !
तिमी मबाट के गोप्य कुरा खोलाउन चाहन्छौ?
हो, हो चन्दनसिंह ! म कम्युनिष्ट हुँ ।

</poem>
Mover, Reupload, Uploader
10,369
edits