1,137 bytes added,
09:29, 6 दिसम्बर 2018 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=दिव्य खालिङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
प्रेयसीका यादहरु कोरिएको मुटु
एकान्तमा आज यहाँ फुकाएर हेरेँ
पिरतीका घातहरु भरिएको मुटु
रसिएका दुई आँखालाई सुकाएर हेरेँ
जीवन यहाँ जताततै अङ्गालेको कथा जस्तै
यहाँ मुटु चारैतिर भङ्गालेको ब्यथाजस्तो
आफ्नै पाइला आफ्नै बाटो सँगालेको जेथा जस्तै
सम्झनाका छायाँहरु छातिभरि धुवाँ जस्तै
तिर्खाएको पानीलाई नमेटिने कुवा जस्तै
बास खोज्दै उडी हिँड्ने सिमलको भुवा जस्तै
</poem>