भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
'व्यर्थैको आकर्षणमा भौतारिएँछु म र आफैँले आफूलाई ग...' के साथ नया पृष्ठ बनाया
व्यर्थैको आकर्षणमा
भौतारिएँछु म
र आफैँले आफूलाई
गुमाएँ, भेटेँ भनेर ।
पानीफोका समातेका
औँलाहरूको प्राप्तिलाई
अहङ्कारको बादलले
अकास्याउन खोजेँ
आँखा बन्द गरेर
ओरालो कुदेँछु म ।
दहमा चोपलिएको आफूलाई
जति निकाल्न खोज्छु
उति भासिँदै छु ।
समय भुसुक्क बितेछ
अहिले हत्केला
रित्तो मात्र छ ।
•
तिम्रो साथको कुनै भाका छैन ।
भौतारिएँछु म
र आफैँले आफूलाई
गुमाएँ, भेटेँ भनेर ।
पानीफोका समातेका
औँलाहरूको प्राप्तिलाई
अहङ्कारको बादलले
अकास्याउन खोजेँ
आँखा बन्द गरेर
ओरालो कुदेँछु म ।
दहमा चोपलिएको आफूलाई
जति निकाल्न खोज्छु
उति भासिँदै छु ।
समय भुसुक्क बितेछ
अहिले हत्केला
रित्तो मात्र छ ।
•
तिम्रो साथको कुनै भाका छैन ।