भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
'{{KKGlobal}} {{KKRachna |रचनाकार= माधवप्रसाद घिमिरे |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= माधवप्रसाद घिमिरे
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
सगरमाथा महान हेर
त्यहाँ नौलो बिहान हेर
सधैँ सधैँ स्वाधीन बन्ने
नेपालीको अडान हेर

धर्ती जहाँ मुस्कुराउँछिन् उघारेर अधर
जहाँ खुल्छ उत्तरमा हिउँचुलीको लहर
धरतीको सिरान हेर
त्यहाँ मीठो मुस्कान हेर
सधैँ सधैँ स्वाधीन बन्ने नेपालीको अडान हेर

ढालुँ भन्छ आँधीबेरी, छोपुँ भन्छ बादल
किन्तु हिमाल उस्तै अटल, किन्तु उस्तै उज्ज्वल
नटुक्रिने चट्टान हेर
त्यहाँ आत्मसम्मान हेर
सधैँ सधैँ स्वाधीन बन्ने नेपालीको अडान हेर

लोक्को गरुँ हित भनी प्यूँछौँ विषै पनि
काली कोसी भुल्भुलाउँछन् परेलीको मनि
करुणाको मुहान हेर
त्यहाँ बुद्ध भगवान हेर
सधैँ सधैँ स्वाधीन बन्ने नेपालीको अडान हेर ।
</poem>
Mover, Reupload, Uploader
10,369
edits