भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
फर्किँदै छु वेदना र दिलको बदनाम लिएर
धेरै भए, के गर्नु मैले, यत्रा इनाम लिएर
तिमीले नै मारे पनि, मर्छु तिम्रै नाम लिएर
तिमीबिना हरेक क्षण अधूरो, अपूरो, अधीर छ
तिमी नआए के गर्नु यो दुनियाँ तमाम लिएर
हृदय मेरो मरिगयो तिम्रै निष्ठुरताको शीतले
केही गर्नै नदिई फर्कायो जीवनबाट प्रीतले
खटाइएको थिएँ म यहाँ हजारौँ काम लिएर
रचेको थिएँ जसको लागि सुन्ने छैन सुन्नेछैन उसले
कहाँ जाऊँ अब म, मेरा गजलको गोदाम लिएर
थिएन अनुभव जिन्दगीको यस्तै भयो यसपल्ट
फेरि आएँ भने जानेछु म कुनै सुनाम लिएर
भेट हुने जो कोहीले एउटाएउटा चोट दिन्छ
अझै कति बाँच्नुपर्ने यी चोटहरूको डाम लिएर
पक्कै कोही आउने छैन, दुःख दिन यहाँ अब
चितामाथि निदाइरहेछु जीवनको विश्राम लिएर
मन त मर्यान मर्या थियो ज्यूँदो छस् तँ कसरी सुमन !
वा जाँदैछस् यी पलहरूलाई तेरो मलाम लिएर ?
</poem>