भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कुहिरो / भीमदर्शन रोका

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


पर पहाडमाथि
पहाडभन्दा गरुङ्गो
तर स्पर्शभन्दा हलुङ्गो
लाम लागेर बिस्तार बिस्तार
उकालो चढिरहेछ कुहिरो

म पनि चढिरहेको छु
आफ्नै उकालाहरु
उसको समानान्तर एकले अर्कालाई हेर्दै
पहरा खोँच र खाडल तर्दै

उभिरहेछु पहरा र भीरहरुमा
बाढी र भेल बोक्ने नदीका तीरहरुमा
हिँडिरहेछु एक्लै एक्लै
क्षितिजपारिको आकाश हेर्दै
बादल भित्र आफ्नो आकार कोर्दै ।