भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कैयौं बाटोबाट आएको हुँ / भीमदर्शन रोका

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


कैयौँ बाटोबाट आएको हुँ
कैयौँ गीत गाएको हुँ
पर्वत बनी उभिएको हुँ
नदी नाला बनी आएको हुँ
कैयौँ बाटोबाट आएको हुँ ।

हुरी बनी दगुरन्छु म
छायाँ बनी बिसाएको हुँ
यौवन बनी ढल्कन्छु म
माया बनी आएको हुँ

कैयौँ बाटोबाटा आएको हुँ ।