भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

को आउँछ मेरो गीत खोस्न / भीमदर्शन रोका

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


को आउँछ मेरो गीत खोस्न ?
एक्लै सफरमा मेरो मीत खोस्न,

सीमा नै टपिसकेको छु मैले,
को आउँछ मेरो जीत खोस्न ?

को आउँछ मेरो गीत खोस्न ?
एक्लै सफरमा मेरो मीत खोस्न ।

वर्तमान तिम्रो छ,
भविष्य मेरो होला,
को आउँछ मेरो अतीत खोस्न ?

को आउँछ मेरो गीत खोस्न ?
एक्लै सफरमा मेरो मीत खोस्न ।

प्यार नै मेरो आरम्भ थियो,
प्यार नै मेरो अन्त होला,
को आउँछ मेराप्रीत खोस्न,

को आउँछ मेरो गीत खोस्न ?
एक्लै सफरमा मेरो मीत खोस्न ।