भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

वारपार / ओक्टाभियो पाज / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तिम्रा परेलाका चालले भनेका कुरा लेख्दै
दिनको पन्ना पल्टाउँछु म।
 
प्रवेश गर्छु म तिमीमा,
अँध्याराको वास्तविकता र
अन्धकारको प्रमाण खोज्छु।
कालो मदिरा पिउन चाहन्छु तिम्रा नजरको
र कतै हराइदिन्छु म आफ्ना आँखालाई।
 
फूलमा लुकिबस्ने सुगन्धको रहस्यझैँ
एक थोपा रात
पोखिन्छ तिम्रा स्तनका टुप्पामा।
आँखा चिम्लिन्छु म
र तिनलाई तिम्रा आँखाभित्रबाट उघार्छु।
 
छटपटाइरहन्छ सँधैझैँ
तिम्रो रसिलो जिब्रो
आफ्नो मखमली ओछ्यानमा।

तिम्रा उमङ्गको बगैँचामा
उर्लिरहन्छन् निर्झर संवेगहरू।
उत्तेजनाको खोल लगाएर
म तिम्रा आकाङ्क्षाहरूलाई रित्तै पार गर्छु।
 
जीवनको पल्लो पाटोभरि
बाटो देखाइरहन्छ मलाई
बिर्सने रोगले।

इस कविता का हिन्दी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करेँ ।