भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
{{KKCatNepaliRachna}}
<poem>
सारा यौवन
छातीमा एउटा प्रेमाकुल मुटु बोकेरै
फक्राएर मनलाई
प्रेमको ओत बनाऊँ लागेकै हो।हो ।
अनुरागका गहिराइहरूमा डुबेर मुटु लफ्रक्क हुँदा
निचोरेर प्रेयमै पोखूँ भइरहेकै हो,
उभिएर आज
यो ताजमहल अगाडिताजमहलअगाडि;
सूर्यकिरणको स्पर्शले लजाइरहेका सङ्गमरमरका मुस्कानहरू,
प्रेमको उचाइलाई छोएर मदहोस बतास्सिएका हावाका गुच्छाहरू,
परिक्रमरत द्रष्टाहरूका छातीभित्र गुन्जिरहेका प्रेमास्पद सङ्गीतहरू
र
आफ्नै मनभित्र छचल्किरहेका
रङ्गिन अनुभूतिका सुवासित मादकतामा लठ्ठिएर
म आफूलाई बिर्सिरहेको छु।छु ।
यस बेला म
शाहजहाँलाई सम्झिरहेको छु वा मुमताजलाई
अचेत छु, आफ्नै छातीको फैलाहटले पुरिएर ।
शाहजहाँ, जसले बादशाहलाई प्रेमीभन्दा होचो बनाइदियो।बनाइदियो ।
जसले चिहानलाई मन्दिर,
प्रेमिकालाई ईश्वर,
कम से कम दुई फरक त पक्कै छ हामीबीच
ऊ शहंशाह थियो,
म ऊ जत्तिकै वैभवशाली हुन्थेँ हुन्थिएँ भने
ताजमहल बनाउन
प्रेमिकाको मृत्यु पर्खने थिइनँ ।
</poem>