भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
{{KKCatNepaliRachna}}
<poem>
 
म्वाइँका छापभन्दा धेरै गाढा
स्नेहको आभासका कोमलतम् स्पर्शहरू
मैले हेर्दाहेर्दै बाटाहरू आफ्नै सुरमा कतै गइरहे,
मैले भोग्दाभोग्दै क्षणहरू विक्षिप्त र निराश पनि भइरहे।
 
त्यस क्षणमा
केही सुस्केराहरू अन्यौलमा परिरहे।
त्यस क्षण र
त्यस वरिपरिका केही क्षणहरूमा
भित्ताहरू भएर पनि थिएनन्‍ थिएनन् मेरा लागिजमिनहरू भएर पनि थिएनन्‍ थिएनन् मेरा निम्तिसमयहरू भएर पनि थिएनन्‍ थिएनन् मेरा खातिर;
आगो बग्दै थियो
पसिनाहरू बाफिँदै थिए
आ-आफ्ना दायित्व निभाइरहेथे।
आ-आफ्नो अस्तित्व खोजिरहेथे।
 
</poem>
Mover, Reupload, Uploader
10,400
edits