भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
'{{KKGlobal}} {{KKRachna |रचनाकार=तुलसीबहादुर छेत्री |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=तुलसीबहादुर छेत्री
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
शान्ति पुजारी हामी हौँ उच्च मस्तक पार्दछौँ
अन्याय अन्धकारमा - न्याय ज्योति बाल्दछौँ !
अन्याय अत्यचारको
घोखा र कपटी चालको,
सधैँ छ मुखमा राम राम
बगलीमा छुराधार त्यो,
यस्ता साधु विरालाको
उघारी पर्दा विश्वमा
काँटा बिझेको शान्तिमा उखेली थुत्त फाल्दछौँ;
र न्यायज्योति बाल्दछौँ !
अनेक भारतवासी छौँ
विभिन्न भाषा-भाषी छौँ,
मार्ग धर्मजाति अनेकों
रूप डाल आकृति कैयौँ
अनेकता लिई एकता
डोरी कसिलो बाट्दछौँ
मदान्ध शक्तिको अघि निहुरन्नौँ सामू अडदछौँ ।
असत्य दूर फाल्दछौँ
र न्याय ज्योति बाल्दछौँ,
भारत विशाल देश यो
शान्तिको अग्रदूत हो,
निर्धो ठानी यसमा कतै
चोट लाए अशान्तिको
चुपचाप अत्यचार त्यो
सहन्नौँ बरु यस प्राणको
आहूति चडाई विश्वमा शान्ति पताका उचाल्दछौँ,
र न्याय ज्योति बाल्दछौँ;
शान्ति पुजारी हामी हौँ उच्च मस्तक पार्दछौँ
अन्याय अन्धकारमा न्याय ज्योति बाल्दछौँ !
</poem>