Last modified on 14 मई 2015, at 13:08

मान्छे र घाम / उपेन्द्र सुब्बा

Sharda suman (चर्चा | योगदान) द्वारा परिवर्तित 13:08, 14 मई 2015 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=उपेन्द्र सुब्बा |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

अंकुसेले तानी झारेर
घोर्ले भिर तल लडाइपठाऊँ जस्तो यो घाम
ओई घाम, अलिक चाँडो हिँड्!
मलाई तेरो रापले भत्भती पोल्यो।
बिहान उदायो
बेलुका अस्तायो
रातभर हरायो
तेरो जस्तो सरल जीवन मेरो कहाँ छ र?
तँ पो सधैँ एकै दिशा हिँड्छस्
र पो सजिलो होला तेरो यात्रा
तेरो त राजमार्गको यात्रा छ
मान्छेले त आफ्नो बाटो आफै बनाउँदै हिँड्नुपर्छ।
मेरो त
जति बनाउँदै जान्छु उति मेटिँदै आउँछ बाटो
ओई घाम,
म थाकेको छु
हारेको छु बाटोसँग
मैले आशा मारेर मारेर मेरो सपनाको चिहान नजिकै गाँडे
सत्य हो
नपत्याए हेर मेरो नङको चेपचेपमा अझै माटो छ।
आई घाम,
चाँडो हिंड्!
दिन मलाई बोझिलो भयो।