भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
759 bytes added,
06:14, 28 अप्रैल 2020
<poem>
काठमान्डू काठमाण्डू छिरेपछि स्वयम्काठमान्डू स्वंय काठमाण्डू बन्न खोज्छ मान्छे । चोभार थुनेर पौडिन खोज्छ,सक्तैन महाराज बन्न खोज्छ, बन्दैनआफूले थेगेको आकाश मन्दिर देखेपिच्छे देवता हुन खोज्छ, हुँदैनआफूमाथिको आकास हेर्छ, टेकेको जमिनहेर्दैनविक्षिप्त हुन्छ रकाठमान्डूको काठमाण्डूको नाकैमाउभिएरगर्छ सत्तोसराप सत्तो सराप । आफ्नो उचाइ नाप्छ धराहरासँग रानीपोखरीमा आफ्नो गहिराई खोज्छ यहाँका अनगिन्ती साँघुरा गल्लीभन्दा पनि असरल्ल आफ्नै सपनाका खोचमा चेपिएपछि काठमाण्डुकै छातीमाथि पलेँटी कसेरकुख्यात अपराधीलाई झैँ काठमाण्डुलाई नै गाली गर्छ नव–काठमाण्डू । काठमाण्डू आँखीझ्यालबाट ब्यूँझने सूर्योदयसँगैआफूलाई चियाउँछगल्लीभरि देउदेउता हिँडेको देखेपछिगजक्क पर्दै स्वयंभूबाट गुन्गुनाउँछ ओम मेने पेमे हुँपशुपतिबाट शंखघण्ट बजाउँदै सुनाउँछ आफ्नो स्वर । काठमाण्डुलाई थाहा छदेवताकै शहरमा हो राक्षसहरु हुर्कनेदेवतालाई नै हो सैतानले दुःख दिने । काखभरि सन्तान बोकेकी आमाले जस्तैछातीभरि जिउँदा देउदेउता बोकिरह्यो जसरी बास दियो साराका सारालाईकसैकोमा एकसाँझ बास माग्न सकेन काठमाण्डुले । टाउकोमा मुड्कीले ठोके पनि चुप लाग्छघनले फुटाउन खोजे पनि बज्र बन्छकाखैमा कुल्चिदा पनि सहिरहन्छ । काठमाण्डूले अब त आँखा खोले हुने ! बूढानिलकण्ठलाई उभ्याएर बिरुपाक्षलाई हिडाएर उन्मत्त भैरबलाई नचाएर कलिलाई जमिनबाट तत्काल निकालेर हजार मन्दिरबाट देवदेवीलाई खूल्ला मैदानमा डाकेर काठमाण्डूले अकाट्य प्रतिउत्तर बोले हुने ! निलगिरीको थाप्लो हेरेर आफूलाई पुड्को देख्नेहरुलाई सम्झाइदिए हुने !नव काठमाण्डुको गालीले भत्किँदैन काठमाण्डू पराजित नव काठमाण्डुहरुलाई बुझाइदिए हुने !काठमाण्डूको काँध चढ्दैमा काठमाण्डू बन्न सक्तैन मान्छे । यो पनि बुझाइदिए हुने !काठमाण्डू यो भूमिको एउटा पवित्र शिर पनि हो ।
आफ्नो उचाइ नाप्छ
धराहरासँग
रानीपोखरीमा पहिचानको
गहिराइ
खोज्छ
यहाँका साँघुरा गल्लीभन्दा असरल्ल
आफ्नै
सपनाका खोँचमा चेपिएपछि
तथानाम गाली गर्छ।
गाली गर्ने देखेर लाग्छ,
काठमान्डू एउटा कुख्यात
अपराधी हो ?
आफ्नै स्वाभिमानले
उँचो बाँचेको यसले
न कसैलाई बोलाउँछ,
न त किन
आयौ भनेरै सोध्छ
न कसैलाई घोक्र्याउँछ,
न माग्छ कसैसँग भिख,
न रुन्छ
कसैको काखमा घोप्टो परेर ।
गाली गर्नेहरूको
केवल एउटै
ध्याउन्न हुन्छ
पशुपतिकै आशीर्वादले
सिंगो काठमान्डू बन्ने
स्वयम्भूका आँखाभित्र
काठमान्डू
देखिने
आफू दरबार उभिने
सिंहदरबार हुने र सलाम खाने।
काठमान्डू !
टाउकोमा मुड्कीले ठोके पनि चुप
लाग्छ
घनले फुटाउन खोजे पनि बज्र
बन्छ
काखैमा कुल्चिँदा पनि
सहिरहन्छ।
काठमान्डूले अब त
आखा खोले
हुने !
बूढानीलकण्ठलाई उभ्याएर
बिरुपाक्षलाई हिँडाएर
उन्मत्त भैरवलाई नचाएर
कलिलाई जमिनबाट तत्काल
निकालेर
हजार मन्दिरबाट
देवदेवीलाई
खुल्ला मैदानमा डाकेर
काठमान्डूले अकाट्य
प्रतिउत्तर
बोले हुने !
देख्नेहरुले बुझून् !
गालीले भत्किँदैन काठमान्डू
काठमान्डू भत्किन भत्किनुपर्छ
नव–काठमान्डू ।
पराजित ठान्नेहरूले बुझून् !
काठमान्डूको काँध
चढ्दैमा
काठमान्डू बन्न सक्तैन
मान्छे ।
</poem>
Mover, Reupload, Uploader