भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
म्वाइँका छापभन्दा धेरै गाढा
स्नेहको आभासका कोमलतम् स्पर्शहरू
मबाट अलग्गिएर गएका पनि हुन्हुन्
दुर्वोध कुनै पृष्ठभूमिभरि।
छरिएका ती मायाहरूलार्इमायाहरूलाई
नदेखेझैँ, देखेर पनि
नभेटेझैँ, भेटेर पनि
पुछ्न खोजेको पनि हुँ
पुछेको पनि हुँ।
साँझको एउटा रुमानी र बैरागलाग्दो आकाशमुनि
मैले हेर्दाहेर्दै बाटाहरू आफ्नै सुरमा कतै गइरहे,
फेरि पनि
आफ्नो लागि चाहिरहेको थिएँ।
मैले एउटा समयलार्इ समयलाई फेरि पनि आफूजस्तै बाँचिरहेको थिएँ।
त्यस क्षण र