कविता कोश पूरी तरह से अव्यवसायिक परियोजना है। इसमें शामिल रचनाकारों और रचनाओं का चयन कविता कोश टीम द्वारा रचनाओं की गुणवत्ता के आधार पर किया जाता है। यदि कोई भी व्यक्ति ऐसा कहता है कि वह पैसे लेकर या किसी भी अन्य तरह से इस कोश में रचनाएँ शामिल करवा सकता है तो वह व्यक्ति ग़लत है। यदि कोई व्यक्ति आपसे ऐसी बात कहता है तो कृपया हमें kavitakosh@gmail.com पर सूचित करें।
मैले जुन रातलाईजङ्गलबाट फर्किरहेका चराहरूका गीतहरूलाईगहिरो अन्धकार भनेको थिएँमानिसहरूले त्यही रातलाई पूर्णिमा भनेका छन् दोबाटोमा भेटेँ !
मैले छोएका सारा यथार्थहरूलाईसुकेका पातका मैला जड्यौरी ओडेरमानिसहरूले वर्जित विषय मानेका छन् ।सहरतिरआफन्तहरू खोज्न हिँडेकाआदिवासी रुखका जराहरूलाई पनि –दोबाटोमा भेटेँ !
आगोको स्नानगाउँकी फुलमायाको बैंश सापटी मागेरहिउँ पहिरोको कठ्याङ्ग्रिदो स्पर्श हो भनेको थिएँबेतोड कुदिरहेको हुरीलाई पनि –मानिसहरूले पत्याएका छैनन् ।दोबाटोमै भेटेँ !
पानीको आवश्यकता सम्भोगभन्दा ज्यादा आवश्यक छदीर्घ रोगको उपचार गर्न हिँडेको पहाडलाईत्यसपछि सुतौँला भनेको थिएँ, मानिसहरू निदाइसकेछन् ।सुत्केरी नदीलाईकुपोषणग्रस्त गाउँ –बस्तीहरूलाईदोबाटोमै भेटेँ !
रातो रंगयुगभरीका अनगिन्ती विधवा आइमाईहरूलाईरंग होइन रगत हो भनेको थिएँअनाथ बालबालिकाहरूलाईमानिसहरूले विश्वास गरेका छैनन् ।वृद्ध/वृद्धाहरूलाई –दोबाटोमा भेटेँ !
घाँस उखेल्नुपूर्वपरलोकबाट घर खोज्दै आएकामस्तिष्कमा नैतिक सफाई जरुरी छ भनेको थिएँमृत आत्माहरूलाई पनि –मानिसहरू हाँसिरहेका छन् ।दोबाटोमा भेटेँ !
सपनाको अर्थ जीवनको सम्झौता होइन भनेको थिएँआकाशतिर हेर्दै बसेका घामकिरीहरूका स–साना आँखाहरूमानिसहरू कता हो कता पुगिसकेछन् र तिनका साहासी उडानहरूवर्षातमा हिलाम्य दहहरूबाट पुच्छर हल्लाइरहेकाचेपागाँडाहरूअनौठो रसायन बाल्दै रात–रातभर घिस्रीरहेका जंगली गड्यौलाहरूगर्भवती मृगर भोको बाघलाई पनि दोबाटोमा भेटेँ !
संसारलाई आँखिझ्यालबाट होइनअर्काकी स्वास्नी झ्यालबाट भगाएरहृदयको कोमलताबाट हेर्नुपर्छ भनेको थिएँकेही क्षण –मानिसहरू मुन्टो बटारिरहेका छन् ।स्खलित हुन आएका सज्जन पुरुषहरूरोगी लोग्नेलाई कोठामा थुनेरगुप्ताङ्ग कन्याउन निस्केका भद्र महिलाहरूलाई पनि –दोबाटोमै भेटेँ !
लज्जा यौनाङ्ग छोप्नु होइनकुखुरा चोरहरूलाई –निर्लज्जता नग्नता होइन भनेको थिएँरङ्गेहात प्वाँख सहितमानिसहरूले प्रतिवाद गरेका छन् गँजेडीहरूलाई –एकपोका गाँजा सहितखुँखार लुटेराहरूलाई –पेस्तोल सहितप्रेमीहरूलाई –अनन्त प्रेम सहितदोबाटोमै भेटेँ !
ईश्वर केवल एउटा अवधारणा हो भनेको थिएँलास जलाएर फर्केका मलामीहरूलाईमानिसहरूले एकसाथ मलाई हमला गरेका छन् ।नाच्दै हिँडेका – जन्तीहरूलाईदोबाटोमै भेटेँ !
अस्तित्व झुट होपुजारीसत्यको सार्वकालिक महत्व हुँदैन भनेको थिएँर नामुद वेश्यालाई पनि –मानिसहरूले मलाई लखेटेका छन् ।दोबाटोमै भेटेँ !
सीमा र बन्धनहरू अमर्यादित नियमहरू हुन्मुद्दा मामिलाहरूबाट फर्केका तनावग्रस्त मान्छेहरूतिनलाई नाघेर सीमान्त छुन जाऊ भनेको थिएँकामबाट फर्केका मजदुरहरूकमिसन खाइ आएका दलालहरूचामल बोकि आएका गृहिणीहरूस्कुलबाट फर्कंदै गरेका विद्यार्थीहरूर – देश बेचेर आएका नेताहरूलाई पनि –मानिसहरूले मलाई निर्घात कुटेका छन् ।दोबाटोमै भेटेँ !
प्रेम ईश्वर जस्तो – हिंसाअक्षर जस्तो – रगतविचार जस्तो – हतियारचुपचाप –जीवनको गहिरो शुन्यता बोकेर हिँडेकाजो र संवेदना मायावी खेलौना हो भनेको थिएँजति भेटेँ दोबाटोमा –ती सबै मेरै अनुहारहरू थिए !बिल्कुल – दिशाहिनबिल्कुल – भ्रमितमानिसहरूले मलाई पागल भनेका छन् ।बिल्कुल – शाश्वत !
हिँड्नु र नहिँड्नुले यात्रा निर्माण गर्दैनमैले –लड्नु र उठ्नुले जीवन निर्माण गर्दैन ।केवल चेतनाले रुझेको मन मन हुन्छकेवल विचारले भिजेको शरीर शरीर हुन्छ भनेको थिएँमानिसहरू मलाई उपहास गरिरहेका छन् ।शून्य र चैतन्य एउटै रूप होनहुनु तर र भेटिनु अनुभूति हो भनेको थिएँमलाई मानिसहरूले सुनिरहेका छैनन् आफैँलाई दोबाटोमा भेटेँ !